बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान हुन्न : अध्यक्ष ओली

<span class='c1'>बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान</span> <span class='c2'>हुन्न : अध्यक्ष ओली</span>

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी समस्यालाई बलपूर्वक नभई विधि र तर्कका आधारमा समाधान गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीमाथि बल प्रयोग गरेर हटाउन खोजेकामा विरोध गर्नुभएको हो ।

उहाँले सरकारले गठन गरेको सुकुम्बासी समस्या समाधान आयोगका माध्यमबाट समस्याको समाधान गरेर लोकतान्त्रिक चरित्र प्रदर्शन गर्न र गरिबलाई राहत दिन माग गर्नुभयो ।

अध्यक्ष ओलीले मङ्सिर ४ गते भएको निर्वाचनमा सत्ता पक्षबाट बुथ कब्जा र कर्मचारीको दुरुपयोगका घटना भएकाले आफ्नो पार्टीले सोचे जति मत ल्याउन नसकेको बताउनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्