उदयपुर–१ मा कांग्रेसका खड्का निर्वाचित

<span class='c1'>उदयपुर–१ मा कांग्रेसका</span> <span class='c2'>खड्का निर्वाचित</span>

उदयपुर । उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक विजयी हुनुभएको छ ।

खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले )की मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गर्नुभयो ।

यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो । मतपरिणामअनुसार तीन हजार नौ सय १५ मत ल्याउँदै राप्रपाका ध्रुवकुमार रायमाझी तेस्रो स्थानमा रहनुभयो । यस क्षेत्रमा १६ जना उम्मेदवार रहेका थिए ।

पूर्वसहरी विकास राज्यमन्त्री चौधरी डा खड्काको पुरानै प्रतिस्पर्धी हुनुहुन्छ ।

विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनको साथ पाउनुभएकी चौधरीलाई पराजित गर्नुभएका खड्का यसपटक सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्