झापामा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु

<span class='c1'>झापामा ट्रकको ठक्करबाट</span> <span class='c2'>पैदल यात्रीको मृत्यु</span>

झापा । झापाको मेचीनर नगरपालिका-१३ चारआली स्थितमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

मंगलबार अपरान्ह ४ बजे प्रदेश १-०१-००१ ख ३८४८ नम्बरको ट्रकले पैदल यात्री ७० बर्षीय जगतमान सावालाई ठक्कर दिदा घाईते भएका थिए। सावाको उपचारको क्रममा बी एन्ड बी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न रहेको ट्रक र चालक पाँचथर हिलिहाङका ३६ बर्षीय नरेन्द्र कुमार अधिकारीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्