चुनाव सकियो, सरकार कसको ?

चुनाव सकियो, सरकार कसको ?

आम निर्वाचनबाट पाँचवर्षका लागि जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको कार्यक्रम अनुसार प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना समेत एकाध ठाउँ बाहेक सकिएको छ । निर्वाचनमा १२ दलले प्रत्यक्षतर्फ आफ्नो हैसियत अनुसारको सिट सुरक्षित गरेका छन् । स्वतन्त्रतर्फ ५ उमेदवारले बिना दलको उमेदवार भएरपनि निर्वाचित हुने जनमत पाएका छन् । आवधिक निर्वाचनको सुन्दरता लोकतन्त्रको सुदृढिकरणका लागि महत्वपूर्ण मानिन्छ । संविधान अनुसार तीन तहका सरकारमध्ये स्थानीय तह निर्वाचन गत बैशाखमा र प्रदेश र संघीय सरकारको सञ्चालनका लागि मंसिर ४ को निर्वाचन उत्सव अन्तिम घडीमा पुगेको छ ।

निर्वाचित जनप्रतिनिधिले फ्रेस म्याण्डेटसहितको नयाँ सरकार गठन गर्ने अधिकार संसदबाट प्राप्त गर्नेछन् । संसदका सदस्यको हैसियतले कुन दल वा व्यक्तिलाई प्रधानमन्त्रीमा निर्वाचित गर्ने भन्ने उनीहरुको अधिकार हुनेछ । सार्वभौम संसदका सदस्यले पाएको अधिकारलाई उनीहरुले सदुपयोग गर्नेछन् । सार्वभौम संसदको सदस्य निर्वाचित सबैलाई हार्दिक बधाई ।

नेपालमा यो निर्वाचन सम्पन्न हुँदा विगत भन्दा फरक सन्देश दिएको छ । त्यसको मर्मतलाई संसदमा निर्वाचित सदस्यहरुले आत्मासाथ गर्नु बाहेकको विकल्प छैन । तर, दलसँग आवद्ध भएका सांसदहरुलाई आफ्नो दलको निर्णय मान्नुपर्ने बाध्यताले बाँध्नेछ । त्यो बाध्यताको बाँधलाई तोड्ने सामार्थ भनेको निर्वाचनको समयमा मतदाताले दिएको सन्देशको मर्मलाई दलभित्रै आत्मासाथले मात्रै गर्दछ । स्वतन्त्र नाममा उत्पति भएको पार्टी र पार्टीका युवा उमेदवार निर्वाचितको सन्देश अब युवाले मात्रै केहि गर्नसक्छन् भन्ने हो । त्यो सन्देश दलभित्रका युवाहरुलाई सरकारको नेतृत्व गर्ने जिम्मेवारी दिनुपर्छ भन्ने हो ।

पुराना र उहि दलका उहि नेताले अब देशको समग्र नेतृत्व गर्नसक्ने हैसियत गुमाएको आभास नागरिकले गरेका छन् । जसको मर्म युवाले सम्बोधन गर्नसक्छन् भन्ने मतदाताको मनोभावनाले गरेको छ । त्यसको प्रतिबिम्वको रुपमा स्वतन्त्र नाममा उत्पति भएको पार्टी र त्यो पार्टीका युवा तथा सक्षम भनिएका उमेदवारले पाएको मत हो । निर्वाचन परिणाममा सानो संख्या देखिएपनि त्यो महत्वपूर्ण मान्नुपर्ने आधारसहितको छ । पुराना दलहरुले पार्टीको नेतृत्व पुर्नगठन गर्ने र सरकारको नेतृत्वमा युवालाई पठाउने मतदाताको मनोविज्ञानको सन्देशले मात्रै आगामी दिन पुराना दलहरुको अस्तित्वलाई रक्षा गर्ने देखिन्छ ।

त्यसैले निर्वाचन मतपरिणामसँगै सरकार बनाउने विषयलाई जटिल बनाउने, भागबण्डाको त्यान्द्रोमा अल्झिने, पुरानै पारामा संसदलाई बन्धक बनाउने र म्याण्डेटका आधारमा सरकार गठनमा ओलझोल गर्ने विषयलाई मतदाताले नरुचाएको प्रसङ्गको रुपमा आमनिर्वाचनलाई बुझौं । त्यसले दिएको सन्देशलाई आत्मासाथ गरौं । युवाको नेतृत्वमा राजनीतिक दल र युवाकै काँधमा देशको नेतृत्वमा समर्पित् बनौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्