धनुषामा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या

धनुषामा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या

जनकपुरधाम । धनुषामा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।

दुई परिवार बीचको विवादमा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ भने ४ जना घाइते भएका छन् ।

हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु यादव रहेका छन् । बिहीबार राति करिब ८:३० बजेको समयमा स्थानीय सुरज यादव परिवारको समूहले घरेलु हतियारसहित घरमै आएर आक्रमण गरेपछि घटनास्थलमै बुबाको मृत्यु भएको उनका छोराले बताए ।

घटनामा प्रभुकी श्रीमती महाजनी देवी यादव, जेठो छोरा जगरनाथ यादव, माहिलो छोरा सन्तोष यादव र कान्छो आशोक यादव घाइते भएका छन् । सन्तोष यादवको टाउकोमा १८ वटा टाँका लगाइएको छ भने एउटा हातका दुईवटा औंला काटिएका छन् । अन्य सामान्य घाइते भएकाहरुको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

दुई समूह बीचको विवादमा प्रभुको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । धनुषा प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा हत्या जस्तै देखिएको र दुईजना घाइते भएको बताउँदै केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिहेको प्रहरीले जानकारी दिएको छ ।

मतृकका कान्छो छोरा अशोकका अनुसार राति ८ बजे घरमा खाना खाएर बुबा दैलोमा आगो ताप्न बसेको बेला सुरज यादवसहित १० जनाको समूहले बञ्चरो, खुकुरीसहित आक्रमण गरका थिए ।

करिब दुई महिना अघि सुरजका बाख्राले प्रभुको बाली खाएको विषयलाई लिएर विवाद भएको थियो । गाउँलेहरुको भेलामा प्रभुसँग सुरजले माफी मागेका थिए । गएरातिको आक्रमण सोही घटनासँग सम्बन्धित रहेको प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्