क्यान झापाको अध्यक्षमा घिमिरे

क्यान झापाको अध्यक्षमा घिमिरे

झापा । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासङ्घ, झापा शाखाको अध्यक्षमा कृष्णप्रसाद घिमिरे सर्वसम्मत चयन हुनुभएको छ ।

क्यानको शनिबार विर्तामोडमा भएको चौथो जिल्ला अधिवेशनले आठ सदस्यसमेत चयन गरेको छ । पदाधिकारीहरू भने क्यानको विधानले शाखाको पहिलो बैठकबाट मनोनयन गर्ने व्यवस्था गरेको निर्वाचत अधिकृत अधिवक्ता देवेन्द्र भण्डारीले बताउनुभयो ।

क्यान झापा शाखाका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य भूपेन्द्र मैनालीको प्रमुख आतिथ्यमा वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न गरिएको हो ।

क्यान महासङ्घ नेपालका केन्द्रीय सदस्य मैनालीले झापाले गत वर्ष धेरै रचनात्मक कार्यक्रम गरेर उत्कृष्ट जिल्लाको पुरस्कार प्राप्त गरेको स्मरण गराउँदै नयाँ नेतृत्वबाट पनि यस्तै अपेक्षा रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्