एशियन हाइड्रोपावरले मंसिर २७ गतेदेखि आईपीओ जारी गर्ने

<span class='c1'>एशियन हाइड्रोपावरले मंसिर २७</span> <span class='c2'>गतेदेखि आईपीओ जारी गर्ने</span>

काठमाडौं । एसियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। बैंकले मंसिर २७ गतेदेखि पुस १२ गतेसम्म सेयर जारी गर्ने भएको हो।

कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ४० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ४० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।

सर्वसाधारणमा निष्काशन हुने ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० हजार कित्ता साधारण शेयरमध्ये १० प्रतिशत अर्थात ८४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

सो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा पुस १२ गते हुनेछ भने ढिलोमा पुस २७ गते हुनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने पुस १२ गतेभित्र आवेदन दिनु पर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्