सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय

<span class='c1'>सुनको मूल्य प्रतितोला रु</span> <span class='c2'>९९ हजार नौ सय</span>

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको छ ।

हिजो प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९९ हजार थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्