साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा एकजना पक्राउ

<span class='c1'>साइबर ब्यूरोको नक्कली फेसबुक पेज</span> <span class='c2'>बनाएको अभियोगमा एकजना पक्राउ</span>

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाएको अभियोगमा चितवन रत्ननगर नगरपालिका-५ झुवानीटोल बस्ने १८ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणलाई झुक्यानमा पारी ठगी गर्ने अभिप्रायले उक्त ब्यूरोको नक्कली फेसवुक पेज बनाउने कार्यमा संलग्न उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो :फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्