माओवादीले शनिबार मात्रै समानुपातिकको सूचीमा निर्णय गर्ने

<span class='c1'>माओवादीले शनिबार मात्रै समानुपातिकको</span> <span class='c2'>सूचीमा निर्णय गर्ने</span>

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले समानुपातिकतर्फको सांसदको निक्र्योल शनिबार गर्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आज बसेको पदाधिकारी बैठकले समानुपातिकतर्फको सांसदको निर्णय गर्ने अपेक्षा गरिएको भए पनि छलफल जारी रहेकाले निर्णयमा पुग्न असमर्थ भएको सो पार्टीले जनाएको छ ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा माओवादीले प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फबाट १४ सिट पाउने भएको छ । संविधानअनुसार महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पु¥याउनुपर्ने व्यवस्थाअनुसार माओवादीले प्रतिनिधिसभामा १२ जना महिला पठाउनुपर्नेछ । बाँकी रहेको दुई सिटमा पुरुष पठाउने सक्नेछ ।

माओवादी केन्द्रीय कार्यालयका अनुसार निर्वाचन आयोगले दिएको समयसीमाभित्रै नामावलीलाई अन्तिम रुप दिइनेछ । निर्वाचन आयोगले शनिबारसम्म दलहरूलाई समानुपातितर्फको सूची निर्धारण गर्न समय दिएको छ । माओवादीको बैठक शनिबार पुनः बस्नेछ ।

प्रदेशसभातर्फ प्रत्यक्षमा ५३ सिट जितेको माओवादीले समानुपातितर्फबाट भने २९ सिट पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्