विराटनगरमा ‘हाम्रो पहिलो पाईला’को चिया बेच्दै सामाज सेवा

<span class='c1'>विराटनगरमा ‘हाम्रो पहिलो पाईला’को</span> <span class='c2'>चिया बेच्दै सामाज सेवा</span>

विराटनगर । आर्थिक रुपले विपन्न विद्यार्थीहरुका लागी हाम्रो पहिलो पाईला नामक सामाजिक सस्थाले विराटनगरमा एक फरक अभियान सुरुवात गरेको छ ।

जाडो महिनामा आर्थिक विपन्न भएका विद्यार्थीलाई न्यानो कपडा खरिद गर्ने उदस्यका साथ ‘हाम्रो पहिलो पाहिला’ले चिया बेच्दै सामाजिक सेवाको काम सुरुवात गरेको हो ।

विराटनगरको ट्राफिक चौक स्थित कर कार्यलय अगाडी बसेर सस्थामा आवद्ध सदस्यहरुले चिया बेच्दै आर्थिक सहयोग जुटाउदै आएका छन् ।

शनिबार बिहानदेखी दिनभर उनीहरुले चिया पकाएर बेच्दै आएका थिए । चिया पिउनेहरुले चियाको मुल्य बराबर रकम सहयोग गर्थे भने कतिपयले त्यो भन्दा बढी सहयोग गरेका थिए ।


चिया बेचेर संकलन भएको रकमले ग्रामिण भेगमा रहेका अर्थिक विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिने सो सस्था विराटनगरका सचिव अभिषेक गौतमले जानकारी दिनुभयो ।

२०७३-७४ सालबाट देश व्यापी नै चलाएको अभियान हो, गौतमले भन्नुभयो,‘आउँदै गरेको जाडोमा विराटनगर लगायत ग्रामिण भेगका आर्थिक विपन्न विद्यार्थीहरुलाई कपडा संगसंगै खाद्यन्न सामाग्री पनि वितरण गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्