खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा विकासको माध्यम : अध्यक्ष दाहाल

<span class='c1'>खेलकुद अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचारा</span> <span class='c2'>विकासको माध्यम : अध्यक्ष दाहाल</span>

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेदकुद जनता–जनताबीचको सम्बन्धलाई सुदृढ गर्ने माध्यमका रूपमा रहेको बताउनुभएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि सुरु भएको १८ वर्षमुनिको एसिया रग्वी प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुदले देशको अर्थतन्त्र र अन्तर्राष्ट्रिय भाइचाराको विकासमा ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो ।

नेपालमा अन्तर्राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता आयोजना हुँदा यहाँको खेल क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने उहाँको भनाइ छ । भर्खरै सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रग्वीलाई पनि समावेश गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ पाँचवटा टोलीको सहभागिता छ । प्रतियोगितामा विभिन्न आठ एसियाली देशका खेलाडी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्