प्रदेश १ बाट प्रतिनिधिसभामा समानुपातिकतर्फ १७ जना निर्वाचित

प्रदेश १ बाट प्रतिनिधिसभामा समानुपातिकतर्फ १७ जना निर्वाचित

सुजता लिम्बू
विराटनगर । प्रदेश १ मा प्रतिनिधिसभामा समानुपातिकतर्फ १७ जना परेका छन् । समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रहको नेकपा एमालेले प्रदेश १ बाट ६ जनाको नाम सिफारिस गरेको छ । जसमा हेमराज राई (भोजपुर), कालुराम राई (झापा), उर्मिला थेवे (ताप्लेजुङ), सुनिता बराल (झापा), हर्कमाया विश्वकर्मा (झापा) र अमृत राजवंशी (झापा) रहेका छन् ।

नेपाली काँग्रेसले सरिता प्रसाई (झापा), सरस्वती बजिमय (खोटाङ), लीलादेवी बोखिम (लिम्बू) (ताप्लेजुङ), माया राई (भोजपुर) र कल्पना चौधरी (सुनसरी)लाई समानुपातिक तर्फबाट सांसद सिफारिस गरेको छ । माओवादी केन्द्रमा प्रदेश १ बाट १ जना मात्रै सिफारिसमा परेको छ । मओवादी केन्द्रबाट भोजपुरबाट दुर्गा राईलाई मात्रै प्रदेश १ बाट सिफारिस गरेको हो ।

यता, राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश १ बाट ३ जनाको नाम प्रतिनिधिसभामा सिफारिस गरेको छ । जसमा इन्दिरा रानामगर (झापा), निशा डाँगी (झापा) र अशोककुमार चौधरी (सुनसरी इटहरी) रहेका छन् ।

जसपाले प्रदेश १ बाट उदयपुरकी सुशीला श्रेष्ठको नाम सिफारिस गरेको छ । श्रेष्ठ जसपाका हालका निर्वाचित प्रतिनिधिसभा सदस्य नेता अशोक राईकी श्रीमती हुन् । यता, राप्रपाले भने प्रतिनिधिसभामा समानुपातिकका संसदका लागि प्रदेश १ बाट कोही पनि सिफारिस गरेको छैन । यस्तै नयाँ उदय भएको जनमत पार्टीले मोरङबाट सोनु मुर्मुलाई सिफारिस गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्