काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छ ।
बैंकको आइतबार बसेका सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्तापुँजीको १८.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका हा।
बैंकले गत वर्ष ३८ प्रतिशत लाभांश दिएको थियो । यस वर्ष भने लाभांश दर घटेको छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।