सप्तरीमा खाद युरियाको कालोबजारी गरेको अभियोगमा पक्राउ

<span class='c1'>सप्तरीमा खाद युरियाको कालोबजारी</span> <span class='c2'>गरेको अभियोगमा पक्राउ</span>

सप्तरी । सप्तरीमा खाद युरियाको कालोबजारी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

मल खाद युरियाको कालोबजारी गरेको अभियोगमा राजबिराज नगरपालिका-१० दिघवा बस्ने १९ वर्षीय राज कुमार दासलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनले संचालन गरेको किराना पसलमा युरिया मल खाद लुकाई छिपाई भण्डारण गरी सरकारले निर्धारण गरेको मुल्य भन्दा बढी मुल्यमा बिक्री गर्दै आइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले तलासी गर्दा प्रति बोरा ५० केजीको दरले ३५ थान युरियाको बोरा भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्