सर्लाहीमा जग्गाको विषयलाई लिएर कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

<span class='c1'>सर्लाहीमा जग्गाको विषयलाई लिएर कुटपिट</span> <span class='c2'>गरी हत्या गरेको अभियोगमा पक्राउ</span>

सर्लाही । सर्लाहीमा जग्गाको विषयलाई लिएर कुटपिट गरी हत्या गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

जग्गाको विषयलाई लिएर कुटपिट गरी चक्रघट्टा गाउँपालिका-२ भेल्ही बस्ने ७० वर्षीया सागर देवीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने उनकै देवर नाता पर्ने ६५ वर्षीय पुकार रायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पुकार राय, उनको छोरा ४० वर्षीय जितु भन्ने जितेन्द्र राय र बुहारी ३० वर्षीया अनिता देवी राय समेत मिली जग्गाको विषयलाई लिएर कुटपिट गर्दा सागर देवीको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी सुन्दरपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार जितेन्द्र र अनिताको खोजी गर्नुका साथै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्