चार महिनामा भित्रियो तीन खर्ब ७८ अर्ब विप्रेषण

<span class='c1'>चार महिनामा भित्रियो तीन</span> <span class='c2'>खर्ब ७८ अर्ब विप्रेषण</span>

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विप्रेषण आप्रवाह २० दशमलव चार प्रतिशतले वृद्धि भई रु तीन खर्ब ७८ अर्ब चार करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात प्रतिशतले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आवको चार महिनाको विवरणानुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १० दशमलव आठ प्रतिशतले वृद्धि भई दुई अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव तीन प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक सय दुई दशमलव पाँच प्रतिशतले वृद्धि भई एक लाख ९५ हजार एक सय ९६ पुगेको छ ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा ४६ दशमलव चार प्रतिशतले वृद्धि भई ८७ हजार चार सय २८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या दुई सय ४९ दशमलव एक प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २० दशमलव दुई प्रतिशतले वृद्धि भई रु चार खर्ब १७ अर्ब ३८ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर छ दशमलव नौ प्रतिशतले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्