एन प्याब्सनको नृत्य प्रतियोगितामा हिमाली स्कुल प्रथम , सुन्दरवाटिका दाेस्रो

एन प्याब्सनको नृत्य प्रतियोगितामा हिमाली स्कुल प्रथम , सुन्दरवाटिका दाेस्रो

सुन्दरहरैँचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा र बेलबारीको आयोजनामा भएको लोक तथा राष्ट्रिय नृत्य प्रतियोगितामा सुन्दरहरैंचाका विद्यालयतर्फ हिमाली सेकेण्डरी स्कुल विराटचाेक पहिलो भएको छ ।

प्रतियोगितामा सुन्दरवाटिका एकेडेमी गोठगाउँ दोस्रो, रेसनल एकेडेमी सलकपुर तेस्रो भएका छन् । सगरमाथा हिमाल दर्शन स्कुल बेलगाछी र कालीदेवी इङ्लिस स्कुल विराटचोकले सान्त्वना स्थान हात पारेका छन् । बेलबारीका विद्यालयबीच भएको प्रतियोगितामा सिनियरतर्फ गुरूकुल पाठशाला पहिलो, डेल्टा इङ्लिस स्कुल दोस्रो र मोरङ ज्ञानोदय तेस्रो भएका छन्।जुनियरतर्फ मोरङ ज्ञानोदय पहिलो, गुरुकुल पाठशाला दोस्रो, डेल्टा इङ्लिस स्कुल तेस्रो र मोरङ चिनारीले सान्त्वना पुरस्कार हात पारेका छन् ।

प्रतियोगितामा विजयी विद्यालयलाई ट्रफी र प्रमाणपत्र तथा सहभागी विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले प्रतियोगिताको उदघाटन गरेका थिए ।

प्रतियोगितामा प्रेम सुनार र आनन्द बस्नेत निर्णायक रहेका थिए ।सुन्दरहरैंचा, बेलबारी जुनियर र बेलबारी सिनियर गरेर ३ विधामा नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो । सुन्दरहरैंचाका ७ वटा विद्यालय तथा बेलबारी जुनियरतर्फ ४ र सिनियरतर्फ ३ विद्यालयले प्रतियोगितामा भाग लिएका थिए ।

कार्यक्रममा एन प्याब्सन विराटनगरका अध्यक्ष पराग ढुङ्गाना, एन प्याब्सनका जिल्ला सदस्य दीपेन्द्र खुलाल, एन प्याब्सनका प्रदेश उपाध्यक्ष सुनिलदत्त अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए । एन प्याब्सन सुन्दरहरैंचाका अध्यक्ष महेन्द्र राईको सभापतित्वमा कार्यक्रम भएको थियाे । कार्यक्रममा एन प्याब्सन बेलबारीका अध्यक्ष कुमार खुलालले स्वागत मन्तव्य तथा सचिव विनोद फुयालले कार्यक्रम सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्