विश्वकप फुटबल : कति छ पुरस्कार राशि ?

<span class='c1'>विश्वकप फुटबल : कति</span> <span class='c2'>छ पुरस्कार राशि ?</span>

काठमाडौं । कतार विश्वकपमा पनि पुरानै विजेता दोहोरिने भएका छन्।

सन् १९३० देखि सुरु भएको विश्वकपमा अहिलेसम्म जम्मा आठ राष्ट्रले मात्रै पालैपालो विश्वकप ट्रफी उचालिरहेका छन्। यस पटक पनि साबिक विजेता फ्रान्स र अर्जेन्टिना फाइनलमा पुगेका छन्।

यस पटक पनि पुरानै विजेताको निरन्तरता हुनेछ। अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा तथा फ्रान्सले सन् २०१८ र १९९८ मा विश्वकप ट्रफी उचालेको थियो।

कतार विश्वकपमा झन्डै ४४ करोड डलर पुरस्कारका रूपमा छुट्ट्याइएको छ। जसमध्ये विजेताले ४ करोड २० लाख, उपविजेताले ३ करोड, तेस्रो हुनेले २ करोड ७० लाख र चौथो हुनेले २ करोड ५० लाख डलर प्राप्त गर्ने छन्।

यस्तै क्वार्टरफाइनलसम्म पुग्ने टोलीले १ करोड ७० लाख, अन्तिम १६ सम्म पुग्ने टोलीले १ करोड ३० लाख र बाँकी १६ टोलीले ९० लाख डलर पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्