सहायक प्रजिअको हस्ताक्षर किर्ते गरेर बैंकबाट पैसा झिकेको आरोपमा मानमहन्त पक्राउ

<span class='c1'>सहायक प्रजिअको हस्ताक्षर किर्ते गरेर बैंकबाट</span> <span class='c2'>पैसा झिकेको आरोपमा मानमहन्त पक्राउ</span>

काठमाडौं । महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दासललाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको आरोपमा उनलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो।

महन्त दासमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप छ ।

उनलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्