नेप्से २७ अङ्कले घट्यो

<span class='c1'>नेप्से २७</span> <span class='c2'>अङ्कले घट्यो</span>

काठमाडौं । साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव ०६ अङ्कमा कायम भएको छ ।

नेप्सेका अनुसार आज दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर २६ हजार छ सय ६१ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १५ करोड ७१ लाख ५५ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह ६८ दशमलव ८७ र निर्जीवन बिमा समूह ६७ दशमलव ०८ अङ्कले घटेको छ ।

त्यस्तै बैंकिङ समूह १९ दशमलव ५८, वित्त समूह ४३ दशमलव ९३, होटल तथा पर्यटन समूह २५ दशमलव ३५, जलविद्युत् समूह ४० दशमलव ५३ र जीवन बीमा समूह ४० दशमलव ३६ अङ्कले घटेको छ । वित्त समूह ५६ दशमलव २६, व्यापार समूह चार दशमलव ७१, म्युचुअल फण्ड समूह शून्य दशमलव ११ र अन्य समूह ३२ दशमलव ३० अङ्कले घटेको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर २६ दशमलव १० अङ्कले बढेको छ । रुरु जलविद्युत् परियोजना लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका शेयर सङ्ख्या र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कृषि विकास बैंक लिमिटेडको रु छ करोड २५ लाख ११ हजार चार सय ३६ बराबरको दुई लाख एक हजार नौ सय ३९ कित्ता शेयर खरिद बिक्री भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्