राप्रपालाई सरकारमा जान हतारो छैन : अध्यक्ष लिङ्देन

<span class='c1'>राप्रपालाई सरकारमा जान हतारो</span> <span class='c2'>छैन : अध्यक्ष लिङ्देन</span>

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको छ । राप्रपाबाट निर्वाचित सांसदलाई स्वागत तथा बधाई दिन आज आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको हो ।

“राप्रपाले सरकारमा नजाने भनेर कसम पनि खाएको छैन, आगामी दिनमा के गर्दा आफ्ना एजेन्डा र मान्यता स्थापित हुन्छन्, सोहीअनुसार अगाडि बढ्नुपर्छ,” उहाँले भन्नुभयो ।

अध्यक्ष लिङ्देनले राप्रपा कुनै दलको पुच्छर नबन्ने स्पष्ट पार्नुभयो । उहाँले कुनै सरकारमा जानु परेमा वा कसैलाई समर्थन गर्नु परेमा कारणसहित गर्ने उल्लेख गर्नुभयो । निर्वाचनबाट राप्रपाले उकालो यात्रा सुरु गरेको उहाँको भनाइ थियो ।

अध्यक्ष लिङ्देनले पार्टीलाई सही ढङ्गले परिचालन गर्न नसक्दा प्राविधिकरूपमा धेरै मत नआएको भन्दै उहाँले जनताको मन भने जितेको बताउनुभयो । उहाँले पार्टीमा योगदान गरेका क्षमता र सम्भावना भएका नयाँ व्यक्तिलाई सांसद बनाइएको स्पष्ट पार्नुभयो ।

राप्रपाका नेता पशुपतिशम्शेर जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसद्मा आएको बताउनुभयो । उहाँले देशलाई अहिलेकै ढङ्गमा चलाएर अगाडि बढाउन नसकिने बताउनुभयो । उहाँले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसद्बाट देखाउने उल्लेख गर्नुभयो । रासस

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्