राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने

<span class='c1'>राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय</span> <span class='c2'>दलको नेतामा लामिछाने</span>

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन हुनुभएको छ ।

सो दलको आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति लामिछानेलाई सर्वसम्मतिले नेता चयन गरेको केन्द्रीय सदस्य एवं प्रतिनिधि सदस्य सोविता गौतमले जानकारी दिनुभयो ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सात र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ३ गते आगामी नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएसँगै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूले आफ्नो पार्टीको संसदीय दलको नेता चयन गर्न लागेका छन् ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्