बैंकिङ प्रणालीमा तरलता सहज

<span class='c1'>बैंकिङ प्रणालीमा</span> <span class='c2'>तरलता सहज</span>

काठमाडौँ । बजारमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेको चर्चा चलिरहेका बेला विभिन्न तथ्यांकले यतिखेर तरलता अभाव नरहेको देखाएका छन् । गत आर्थिक वर्ष (आव)को शुरूदेखि बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य रकम (तरलता) को अभाव सहज बन्दै गएको हो ।

चाडपर्व र चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको रकम फिर्ता हुन थालेको र रेमिट्यान्स (विप्रेषण) आप्रवाह बढेका कारण बैंकिङ प्रणालीमा भएको निक्षेप वृद्धिले तरलतामा सुधार देखिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आइतवारसम्मको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थासँग ५२ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप छ । यसमध्ये वाणिज्य बैंकहरूसँग ४६ खर्ब २९ अर्ब रुपैयाँ र विकास बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब २५ अर्ब रुपैयाँ छ ।

यसैगरी आइतवारसम्म बैंक, वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४७ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । यसमा वाणिज्य बैंकको अंश ४२ खर्ब १३ अर्ब रुपैयाँ र विकास बैंक तथा वित्तीय संस्थाको अंश ५ खर्ब ४६ अर्ब रुपैयाँ छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ दशमलव ८६ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशत सीडी रेसियोसम्म कर्जा दिन पाउने व्यवस्था भएकाले २ खर्ब २६ अर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार गर्न सक्ने क्षमता रहेको पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री बताउँछन् ।

पुसमा सरकारी ढुकुटीमा फिर्ता हुने रकम घटाउँदासमेत १ खर्ब रुपैयाँभन्दा बढी तरलता बैंकिङ प्रणालीमा हुने भएकाले अभाव नहुने उनले दाबी गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्