लुथरन सामुदायिकको सहयोगले जहदा गाउँपालिकाको बिपन्न परिवारको फेरियो जीवन

<span class='c1'>लुथरन सामुदायिकको सहयोगले जहदा गाउँपालिकाको</span> <span class='c2'>बिपन्न परिवारको फेरियो जीवन</span>

वीरेन्द्रकुमार साह
विराटनगर । लुथरन विश्व फेडेरेसनको आर्थिक तथा प्राविधिक सहयोगमा लुथरन सामुदायिक कल्याण समाजद्वारा जहदा गाउँपालिकामा संचालित कार्यक्रमहरुको बुधबार अनुगमन गरिएको छ ।

लुथरन समाजको सहयोगमा जहदा गाउँपालिका- ४,५ र ७ मा बिभिन्न कार्यक्रमहरु संचालित छ । सन् २०१० मा स्थापना गरिएको लुथरन समुदायिक कल्याण समाजले मोरङ जिल्लाको ५ पालिका र झापा जिल्लाको २ पालिकामा यस प्रकारको कार्यक्रमहरु निरन्तर संचालन गर्दै आएको छ। लुथरन समाजको कार्यक्रमहरुले गरिब ,बिपन्न परिवारको जीवन स्तरमा सुधार समेत आएको छ। स्थापनाको छोटो समयमा नै जनमानस माझ संस्थाको लोकप्रियता बढेको छ।

समाजका अति बिपन्न ,गरिब परिवारलाई यो संस्थाले सहयोग गर्दै आएको छ। संस्थाको नेपाल विकास परियोजना अन्तर्गत जहादाको ३ वटा वटामा विभिन्न कार्यक्रमहरु संचालनमा रहेको छ । संस्थाले जहदा गाउँपालिका वडा न -७ मा ३२ घर सल्टर निर्माण गरेको थियो साथै उक्त वडामा भकारी र उच्च धारा समेत निर्माण गरेको कार्यक्रम संयोजक जोईल सोरेनले बताए।

जहदा गाउँपालिकामा संचालित कार्यक्रम र निर्माण गरिएको संरचनाहरुको जहदा गाउँपालिकाकी उपमेयर हन्ना सोरेनको नेतृत्वमा अनुगमन समेत गरिएको छ। हामी हरेक बर्षमा एक पटक नेपाल सहयोग परियोजना अन्तर्गत सहयोग गरेको स्थानमा अनुगमन गर्ने गरेका छौ। संस्थाका कार्यक्रम संयोजक जोइल सोरेनले बताए।

नेपाल सहयोग परोयोजना अन्तर्गत नै संस्थाले जहदा -४ का किसानहरुलाई नयाँ तरिकाले कसरी तरकारी खेती गर्न सकिन्छ भनेर तालिम समेत प्रदान गरिएको सोरेनले बताए। तालिम लिएका कृषकहरुलाई उन्नत जातको बिउ बिजन समेत सहयोग गरेको बताए । २ देखि १५ कट्ठा जमिनमा किसानहरुले खेती गर्दै आएको छ । उक्त तालिमले कृषकहरुले राम्रो उत्पादन गरेको अनुमान गर्दा महसुस गरेको संस्थाका सदस्यहरुले बताए।

जहदा -५ का उद्यमी युवाहरुसंग भेटघाट गरि युवाहरुलाई सिलाई कटाई सम्बन्धि तालिम समेत संस्थाले संचालन गरेको थियो उक्त तालिम लिएका युवाहरु अहिले आफ्नै व्यवसायमा सक्रिय रहेको उनीहरुले बताए। वडा ५ कै केहि व्यक्तिलाई संस्थाले नयाँ डिजाईनका साथ ढकिया बनाउने तालिम दिएको थियो उक्त तालिम लिएका लिएका व्यक्तिहरु अहिले आफुले निर्माण गरेको ढकिया विराटनगर लगायत आसपासका क्षेत्रमा बिक्रि वितरण गरेर मासिक २५ देखि ३० हजार रुपैयाँ आम्दानी गर्दै गरेको र सिजनमा ४० देखि ५० हजार रुपैयाँ कमाउने गरेको अनुगमनको क्रममा बुझेको गोपाल सोरेनले बताए। संस्थाले गरेको सहयोगका कारण आफुहरुको जीवन स्तरमा समेत सुधार आएको युवाहरुले बताए।

जहदा गाउँपालिका-५ मै रहेको भानु आधारभुत विद्यालयमा सरसफाई कार्यक्रमको सुरुवात गरि बाल कक्ष संचलान गर्न सहयोग संस्थाले गरेको थियो। उक्त विद्यालयको शौचालय मर्मत गर्न समेत संस्थाले सहयोग गरेको थियो। अनुगमनको क्रममा विद्यालयमा बाल कक्ष प्रभावकारी रहेको अनुगमन कर्ताको बुझाई छ।

संस्थाले जहदा गाउँपालिका -५ मा गत बर्ष आएको बाढीले विस्थापीत गरेको परिवारलाई समेत सहयोग गरेको थियो।केहि व्यक्तिलाई आत्मनिर्भर बन्न संस्थाले किसान पसल समेत खोलिदिएको थियो। संस्थाले निरन्तर समाजका अति नै बिपन्न तथा गरिब परिवारको उत्थान र विकाशको लागि निरन्तर सहयोग गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्