के तपाईको इन्टरनेट सेवा प्रदायकले दुई ओटा राउटर दिन्छ ?

<span class='c1'>के तपाईको इन्टरनेट सेवा प्रदायकले</span> <span class='c2'>दुई ओटा राउटर दिन्छ ?</span>

विराटनगर । नेपाल दुर संचार प्राधिकरणको तथ्याङ्ग अनुसार नेपालमा १३८ ओटा कम्पनीले इन्टरनेट सेवा प्रदान गर्ने लाइसेन्स लिएको छन् ।

प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार केवल वायरलेस र फाइबर सबै मिलाएर नेपालमा २२ लाख ६० हजार घरपरिवारमा फिक्स्ड ब्रोड्ब्याण्ड पुगेको देखिन्छ। इन्टरनेट सेवाको गुणस्तरमा इन्टरनेट सेवा प्रदायकहरु माथि प्रश्नहरु उठने गर्दछ। नेटवर्क पूर्वाधारले नेटवर्क कति भरपर्दो र विश्वसनीय रहने भन्ने निर्धारण गर्दछ भने ग्राहकहरुको घरमा वाइफ़ाइ कभरेज कस्तो छ भन्ने कुराले ग्राहकको इन्टरनेट अनुभवलाई धेरै फरक पार्दछ। यहि समस्या समाधान गर्न वर्ल्ड्लिङ्कले आफ्ना ग्राहकहरुलाई दुई ओटा राउटर प्रदान गर्दै आएको छ ।

आफ्नो कोठा सम्म वाइफ़ाइ सिग्नल नआएर दिक्क भएका, वाइफ़ाइको नाम/नेटवर्क रुम र घरको तलानै पिच्छे फरक भएर समस्यामा परेकाहरुलाई साथै घरमा '५ जी' को पुरा वाइफ़ाइ कभरेज नभएकाहरुलाई यो सबै समस्याको समाधान वर्ल्ड्लिङ्कको नोकिया बेकन १ १ ले गर्दछ।

बजारमा पाइने सेकेण्डरी राउटर भन्दा भिन्न यो राउटरलाई वर्ल्ड्लिङ्ककै एपबाट कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ । यसले तपाईको घरभरि नै एउटै नेटवर्कको सिर्जना गरेर वाइफ़ाइको नाम स्विच गरिराख्नु पर्ने झन्झटबाट मुक्ति बनाउने कम्पनीले दाबी गरेको छ ।

२.४ र ५ गिगाहर्ज दुवै फ्रिक्वेन्सीमा काम गर्ने नोकिया बेकनले वाइफ़ाइलाई थप भरपर्दो र बलियो बनाउने हुनाले अनलाइन् गेमीङ्ग भिडियो स्ट्रिमिङ्ग भिडियो कन्फरेस गर्नुपर्ने साथै उच्च गतिको इन्टरनेट आवश्यकता पर्ने ग्राहकहरुको लागि झनै उपयुक्त रहेको कम्पनी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्