‘चि मुसी चिः ’को ट्रेलर सार्वजनिक पुष २२ बाट देशभर प्रदर्शनमा आउने(ट्रेलरसहित)

‘चि मुसी चिः ’को ट्रेलर सार्वजनिक पुष २२ बाट देशभर प्रदर्शनमा आउने(ट्रेलरसहित)

विराटनगर । नेपाली चलचित्र ‘चि मुसी चिः इभन डेड डिजायर बिल्डिङ’को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो ।

आगामी पुस २२ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी लगायतका कलाकारको अभिनय रहेको छ । २ मिनेट ५२ सेकेण्डको ट्रेलरमा भुतको कथावस्तु देखाइएको छ । हरर थ्रिलर जनारामा बनेको चलचित्रको सार्वजनिक ट्रेलरमा कुनै चिजलाई देखेर कलाकार डराइरहेको देख्न सकिन्छ । आफ्नो छोरा जन्मियोस् भनेर कसैको बच्चालाई बली चढाएको कथा फिल्ममा देखाइएको छ ।

एमी स्टुडिओ प्रोडक्शनको ब्यानरमा निर्माण भएको फिल्ममा अन्य थप राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट, आरपी पोखरेल, अरुण चक्रवर्ती लगायत कलाकारको अभिनय छ ।

यो चलचित्रलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा निर्देशन गरेका हुन् । फिल्ममा अरुण चक्रवर्ती, रिञ्जु केसीको लगानी रहेको छ ।

सुशन प्रजापतीले छायांकन गरेका चलचित्रलाई यश सैनीले सम्पादन गरेका छन् । अरुण चक्रवर्ती विराटनगरका हुन् हाल काठमान्डौलाई कर्मथलो बनाएर उतै काम गर्दै आएका छन् ।

‘चि मुसी चिः ’को ट्रेलर हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्