नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा लाभांश वितरणको प्रस्ताव पारित

<span class='c1'>नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा लाभांश</span> <span class='c2'>वितरणको प्रस्ताव पारित</span>

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंकले शेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय पारित गरेको छ ।

बैंकको आज सम्पन्न ३६औँ वार्षिक साधारणसभाले चार प्रतिशत बोनस शेयर र सात प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पारित गरेको हो ।

साधारणसभाले मेगा बैंकसँग मर्जरमा जाने निर्णय पनि पारित गरेको छ । दुवै बैंक छिट्टै मर्जर प्रक्रिया सम्पन्न गरी संयुक्त कारोबार गर्ने प्रक्रियामा छन् ।

बैंकले गत आवमा बैंकले रु छ अर्ब २८ करोड सञ्चालन मुनाफा तथा रु तीन अर्ब ७९ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकको चुक्ता पूँजी रु १९ अर्ब तीन करोड पुगेको छ । बैंकले अघिल्लो वर्ष एक सय ७९ अर्ब ४० करोड निक्षेप सङ्कलन गरेकोमा गत वर्ष एक सय ८६ अर्ब ७६ करोड सङ्कलन गरेको छ ।

साथै बैंकको कर्जा प्रवाह अघिल्लो वर्ष रु एक सय ६१ अर्ब ९१ करोड रहेकोमा गत आवमा रु एक ६४ अर्ब ८२ करोड पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्