नेपाल टी ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको मिति फेरि स¥यो

<span class='c1'>नेपाल टी ट्वान्टी लिग क्रिकेट</span> <span class='c2'>प्रतियोगिताको मिति फेरि स¥यो</span>

काठमाडौँ । नेपाल क्रिकेट सङ्घको आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी ट्वान्टी क्रिकेट लिग प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको छ ।

यही पुस ८ गतेदेखि सुरु हुने भनिएको उक्त प्रतियोगिता अब पुस ९ गतेदेखि सुरु गरिने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभएको छ । उहाँले केही प्रविधिक कारणले प्रतियोगिता निर्धारित समयभन्दा एक दिनपछि सरेको बताउनुभयो ।

उक्त प्रतियोगिताको मिति सरेको यो तेस्रो पटक हो । यसअघि असोज ८ र मङ्सिर २६ गते उक्त प्रतियोगिता सञ्चालन गर्ने तय भएको थियो ।

यसैगरी क्यानले नेपाल टी ट्वान्टी लिग प्रतियोगिताको निर्देशकमा क्यानका महाप्रबन्धक वृत्तान्त खनाललाई नियुक्त गरेको छ ।

कीर्तिपुरसिथत त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुने उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहनेछ । काठमाडौँ नाइट, पोखरा एभेन्र्जस, फार वेस्र्टन युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टारले प्रतियोगितमा भाग लिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्