झापामा खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

<span class='c1'>झापामा खाद्य कम्पनीले किसानको</span> <span class='c2'>धान खरिद गर्ने</span>

गौरादह । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले किसानसँग धान खरिद गर्ने भएको छ । आगामी बुधबारदेखि किसानसँग भएको धान खरिद गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले मध्यम (सोना मन्सुली) धान प्रतिक्वीन्टल रु तीन हजार एक सय २८ र रञ्जीत धान प्रतिक्वीन्टल रु तीन हजार एक सय २८ मा खरिद गर्ने भएको हो ।

कार्यालय प्रमुख देवेन्द्र राईले किसानलाई समर्थन मूल्यमा धान खरिद गरिने जानकारी दिनुभयो । उहाँले धान तौलाई, चौकाइसम्बन्धी सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने तर धानमा घुन, किरा नलागेको तथा अन्य बाह्य पदार्थ तथा अन्य धान नमिसिएको हुनुपर्ने बताउनुभयो ।

धान सार्वजनिक विदाबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खरिद गरिनेछ । धान बिक्री गर्ने किसानले नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको किसान पहिचानको सिफारिस पत्र, गाउँपालिका, नगरपालिकाको कृषि शाखा वा कृषि ज्ञान केन्द्र कार्यालयको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था रहेको राईको भनाइ छ ।

केही दिनअघि धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै किसानले कार्यालयमा तालाबन्दी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्