राससका अध्यक्ष झालाई ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’

<span class='c1'>राससका अध्यक्ष झालाई ‘कृष्णप्रसाद</span> <span class='c2'>भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’</span>

काठमाडौँ । राष्ट्रिय समाचार समिति राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुनुभएको छ । सो पुरस्कारको राशि रु एक लाख सहित सम्मानपत्र रहेको छ ।

नेपाल पत्रकार महासङ्घद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित केन्द्रीय साधारणसभा उद्घाटन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष झालाई सो पुरस्कार प्रदान गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घको पूर्वअध्यक्षसमेत रहनुभएका उहाँलाई लामो समय पत्रकारिता, सूचना तथा सञ्चारका क्षेत्रमा योगदान पु¥याएको भन्दै महासङ्घले सम्मान गरेको हो ।

साधारणसभामा नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष खिल भण्डारीलाई प्रेस स्वतन्त्रता सेनानीबाट सम्मान गरिएको छ । त्यस्तै, सुर्खेतका माया थापा रु २० हजार राशि प्रमाणपत्रसहित गौरी कठायत स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभयो ।

साधारणसभा करिब दुई दर्जन पत्रकार तथा सञ्चारकर्मीहरुलाई विभिन्न पुरस्कारबाट सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्