विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्पारामा मात्र सीमित नरहेको बताएका छन ।
इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमसको उपलक्ष्यमा शुभकामना दिँदै प्रदेश प्रमुख खापुङले नेपाली चाडपर्व र संस्कृति कुनै जाति, भाषा र धर्म विशेषको पहिचान र परम्पारामा मात्र सीमित नरहेको बताएका हुन् ।
‘राष्ट्रिय एकता, धार्मिक सहिष्णुता,पारस्पारिक सद्भाव, राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि पनि उत्तिकै महत्वपूर्ण रहँदै आएको कुरालाई स्मरण गर्दै सबैमा क्रिसमस पर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’प्रदेश प्रमुखको शुभकामना सन्देशमा उल्लेख छ ।