विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलकाे नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित भएका छन् ।
आईतबार बसेकाे संसदीय दलको बैठकले कार्कीलाई निर्विरोध निर्वाचित गरेकाे हाे ।
प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बाेकाे प्रस्ताव र रेवतीरमण भण्डारीकाे समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित भएका हुन् । यसअघि मेन्याङ्बाे पनि दलकाे नेताको दाबेदार थिए ।
उनकै समर्थन झापा ५(१) बाट दाेस्राे पटक निर्वाचित कार्की दलकाे नेता बनेका हुन् ।