निवर्तमान प्रधानमन्त्री देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने

<span class='c1'>निवर्तमान प्रधानमन्त्री देउवाले आज</span> <span class='c2'>सरकारी निवास बालुवाटार छाड्ने</span>

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् ।

आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले बालुवाटारमा रहेको सरकारी निवास छाड्ने लागेका हुन् ।

प्रचण्डको शपथअघि नै देउवाले बालुवाटार छोड्ने तयारी गरेको बुझिएको छ । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले आज अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम रहेको छ ।

आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी समेत रहेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्