काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा आफ्नो दाबी रहेको बताएका छन् ।
सङ्घीय संसद् भवनमा साेमवार भएको सत्ता गठबन्धनका नेताहरूको बैठकपछि पत्रकारसँग कुरा गर्दै सभापति लामिछानेले यस्ताे बताएका हुन् । उनले अहिले मन्त्रालय तथा मन्त्रीको सङ्ख्याको टुङ्गो लागिनसकेको तर आफ्नो दाबी उपप्रधानमन्त्रीसहित गृहमन्त्रीमा रहेको बताए ।
लामिछानेको दल सरकारलाई समर्थन गर्ने एमाले र सरकारकाे नेतृत्व गर्ने नेकपा माओवादी केन्द्रपछिको तेस्रो ठूलो दल हो ।
प्रतिनिधिसभामा रास्वपाबाट २० जना सांसद रहेका छन् ।
फोटो:फाइल