प्रधानमन्त्रीद्वारा सिंहदरबार पुगेर पदबहाली

<span class='c1'>प्रधानमन्त्रीद्वारा सिंहदरबार</span> <span class='c2'>पुगेर पदबहाली</span>

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुग्दा प्रधानमन्त्री दाहाललाई मुख्यसचिव शङ्करदास बैरागी र सचिव एवं कर्मचारीले स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथग्रहण गरेलगत्तै नवनियुक्त प्रधानमन्त्री लैनचौरस्थित शहीद स्मृति स्मारकमा पुगेर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसलगत्तै उहाँले कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा पुगेर नेकपाका संस्थापक महासचिवलाई स्मरण गर्नुभयोे ।

त्यसपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर उहाँले शहीद तथा बेपत्ता स्मृति स्तम्भमा माल्यार्पण गर्नुभयो । त्यसलगत्तै उहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुग्नुभएको हो ।

प्रधानमन्त्रीको पद बहालीलगत्तै मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्