देउवाको सत्तालिप्साले गठबन्धन टुटेको शेखर पक्षको निष्कर्ष

<span class='c1'>देउवाको सत्तालिप्साले गठबन्धन टुटेको</span> <span class='c2'>शेखर पक्षको निष्कर्ष</span>

विराटनगर । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । सभापति शेरबहादुर देउवाको सत्तालिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालिएको हो ।

बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाको टिम अपरिपक्क र स्वार्थमा केन्द्रित सत्ता लिप्सामा आधारित भएकोले प्रतिक्रिया दिएका छन् । बैठकमा समेत गठबन्ध टुट्नुको निष्कर्ष यसरी नै निकालिएको बताए ।

‘जुन खालको घटनाक्रम भयो त्यो दुःखद र अपरिपक्क, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित देखियो,’ उनले थपे, ‘त्यसले पार्टीलाई नैराश्यता जन्माएको छ ।’ गठबन्धन टुटे पनि पार्टी सत्ता बाहिरै बसेर शक्तिको सही ढंगले परिचालन गर्ने निष्कर्षमा पुगेको नेता केसीले बताए ।

बैठकले संस्थापन पक्षले कुनै पनि छलफल र बैठकमा पार्टीका पदाधिकारीहरूलाई समेत सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । काँग्रेस केन्द्रीय समितिको बैठक अघि नै शेखर समूहले भेला आयोजना गर्ने समेत निर्णय गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्