नेपाल टी-२० लिगमा म्याच फिक्सिङको प्रमाण भए प्रमाणसहित उजुरीदिन क्यानको आग्रह

नेपाल टी-२० लिगमा म्याच फिक्सिङको प्रमाण भए प्रमाणसहित उजुरीदिन क्यानको आग्रह

काठमाडौं । जारी नेपाल टी-२० लिगमा म्याच फिक्सिङ र स्पोट फिक्सिङको विषयमा कुनै प्रमाणहरु फेला परे नेपाल क्रिकेट संघ (क्यान)लाई बुझाइदिन एक विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

क्यानले बुधबार एक विज्ञप्ति जारी गर्दै मंगलबार देखि म्याच फिक्सिङको विषय झनै उग्र रुपमा चलेको हुँदा यस विषयमा कुनै पनि प्रमाण भए बुझाउन क्यानले अनुरोध गरेको हो ।

त्यस्तै क्यानले म्याच फिक्सिङ भयो भन्ने कुरा भ्रामक भएको बताएको छ ।‘म्याच फिक्सिङ भयो भन्ने हल्ला भ्रामक हो । यदि यो विषयमा कुनै प्रमाण भए क्यानलाई बुझाएर सहयोग गरिदिनु होला,’ क्यानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

नेपाल टी-२० मा स्पट फिक्सिङ भएको आशंका गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले मंगलबार फेसबुक लाइभ गरेपछि विवाद उब्जिएको थियो । यस विषयमा नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौं नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्