निर्वाचनमा किन कमजोर हुन्छ पहिचनवादी दल ?

<span class='c1'>निर्वाचनमा किन कमजोर हुन्छ</span> <span class='c2'>पहिचनवादी दल ?</span>

सुजता लिम्बु
विराटनगर । २०६२-२०६३ को जनआन्दोलन पश्चात् पनि देशमा ठूलाठूला आन्दोलन भए । जसमध्ये मधेस आन्दोलन र लिम्बूवान आन्दोलन पहिचान स्वरुपका थिए । समावेशी सहभागिता, नागरिकता, राज्यको हरेक अंगमा मधेसीको सहभागिता, भाषालगायतका माग गर्दै मधेसमा आन्दोलन सुरु भएको थियो । भने, अरुण पूर्व ९ जिल्ला लिम्बूवान राज्यको माग राख्दै २०६४ बाट वृहत लिम्बूवान आन्दोलन भएको थियो ।

मधेसका समग्र समस्याका मुद्दामा समाधानका अपेक्षासहित आन्दोलनमा धेरै युवाहरु होमिए । भने, यता भूमि मुक्तिका लागि लिम्बुवान आन्दोलनमा युवाहरु जोडिए । मधेसको विभेद र अभावका अन्त्यको सपनासँगै आन्दोनमा होमिएका कति सहिद भए । कति घाइते जीवन बाँचिरहेका छन् । २०६४ को लिम्बूवान आन्दोनल ताका कुमार लिङ्देन, वीर नेम्वाङ, सन्जुहाङ पालुङवा, खगेन्द्र माखिम लगायतका नेताले सडकमा उत्रिएर विद्रोह र क्रान्तिका भाषण गर्दै गर्दा सिंहदरबार हलिन्थ्यो भन्ने किस्सा नसुनएिको पनि होइन् । तर, आन्दोनका ताका खरो भएर उत्रिने अधिकांश पहिचानवादी राजनीतिक दल समूह निर्वाचनमा भने अंकगणितिय हिसाबले खुम्चिने गरेको पाइएको छ । २०७४ को निर्वाचनलाई नियाल्ने हो भने, प्रदेश १ मा मधेस आन्दोलनबाट उदाएको जसपा र लिम्बूवान आन्दोलनबाट उदाएको संघीय लिम्बूवान राष्ट्रिय मञ्च अहिले ०७९ मा आइपुग्दा खुम्चिएको छ । यता, संघीय लिम्बूवान पार्टी नेपाल भने निर्वाचनमै छैन । त्यसो त भावनात्मक रुपमा उठेको लिम्बूवान आन्दोलन राजनीतिकरण गर्न नसकिएको आन्दोलनमा होमिएका कतिपय युवाहरुको गुनासो छ ।

नेतृत्वमा राजनीतिक विचार कमजोर
पहिचानको मुद्दालाई स्थापित गर्न नसक्नु नेतृत्वको कमजोरी रहेको कवि चन्द्रवीर तुम्बापो बताउछन् । कुनै पनि राजनीतिक दलसँग पारदर्शिता नहनु पनि मुख्य समस्या रहेको उनको तर्क छ । ‘पहिचनवादी नेतृत्वसँग मात्रै नभएर कुनै पनि राजनीतिक दल पारदर्शिता नहुनु ठूलो समस्या हो ।’ उनले भने,‘ नेतृत्वले आफ्नो विचारलाई गैरपहिचनवादी जनतासँग कन्भिन्स गर्न नसक्नु पनि ठूलो समस्या हो ।’
यस्तै हो भने पहिचनको मुद्दा समाप्त हुँदैन भन्ने प्रश्नमा उनले पहिचानको आन्दोलन समाप्त नहुने दाबी गर्छन् । उनले आन्दोलनको बीउ रहने र त्यसले उपयुक्त मौसम र समयको पर्खाइमा उम्रने बताउछन् ।

‘पछिल्लो चुनावी परिणाम हेर्दा पहिचानको आन्दोलन सिथिल देखिन्छ तर, यसको मतलब यो हाइन आन्दोलन सबै समाप्त भयो ।’ उनले भने,‘ यसले कुनै न कुनै एउटा रुप लिन सक्छ ।’ आन्दोलनले नयाँ स्वरुप पाउन नेतृत्व सँगै कार्यकर्ता र वुद्धिजीवि नयाँ उत्पादन हुनुपर्नेमा उनी जोड दिन्छन् । विषयमा पहिचनका आधारमा राजनीतिक आन्दोलन उठेको भए पनि यस विषयमा नेतृत्व पंक्तिमा नै विचार कमजोर भएको लिम्बूवान आन्दोलनलाई नजिकबाट नियालेका लेखक समेत रहेका सुनिल आङ्बो बताउछन् । पार्टीभित्रको आन्तरिक कोलाहलले पनि पहिचानको मुद्दालाई माथि उठाउन नसकिएको उनको तर्क छ । ‘मैले जनयुद्ध र लिम्बूवान आन्दोलन अबोध मस्तिष्कले नियालेको छु ।’ उनले भने,‘ समयको माग अनुसार आन्दोलनमा भोतिकरुपमा पनि सहभागिता जनाएको छु । र हालसम्म पनि पहिचनको पक्षमा छु । तर, पछिल्लो मत परिणाम र अवस्था हरेर आन्दोलन समाप्त भयो नै चाहीँ म निस्कर्षमा पुग्दिन । किनकी यसको समय आउँछ । उनले आन्दोलनको परिभाषा आमजनमासमा बुझाउन नसकेको तर्क गरे । यता, संघिय लिम्बूवानका सर्वमान्य नेता वीर नेम्वाङ पहिचानको आन्दोलन कमजोर बन्नुमा नेतृत्वमा एकमत नहुनु मुख्य कारण रहेको बताउछन् । विगत देखि लिम्बूवान राज्यको माग राख्दै आएका उनी नेतृत्वहरु आफू खुशी गर्ने र आन्दोलनको मुख्य मर्ममा एकता भएर नउभिनु पनि पछिल्लो समय फितलो बन्न पुगेको तर्क गर्छन ।

‘आन्दोलन कमजोर हुनुमा नेतृत्व एक ठाँउमा नउभिनु पनि हो ।’ उनी भन्छन्,‘यहाँ सबै आफू खुशी गर्छन् आन्दोलनको भावना अनुसार नेतृत्व उभिएका हुँदैनन ।’ उनले यो निर्वाचनमा संघिय लिम्बुवान पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वालाई उद्रित गर्दै भने ‘हाम्रो पार्टी अध्यक्ष संघको निर्वाचनमा उठ्नुभएको थियो , मैले उहाँलाई संगठन बलियो बनाएर निर्वाचनमा जानुस् भन्दा मान्नुभएन खै उहाँले कति मत ल्याउनुभयो त्यो पनि थाहा भएन ।’ उनले संगठन विस्तार विना सत्तामा जाने निर्णयले पनि पछिल्लो समय पहिचनको मुद्दा बेकेका कतिपय दलले थ्रेसहोल्ड कटाउन नसकेको उनको तर्क छ ।

के भन्छन् सरोकारवाला ?
पछिल्लो निर्वाचनका मतपरिणमलाई हेर्दा एउटा पहिचावादी आन्दोलन ओझेलमा परे पनि अर्को पहिचानवादी आन्दोलन उदाएको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पिताम्बर भण्डारी बताउछन् । गठबन्धन दलको संस्कृतिले पनि साना दल अर्थात पहिचानको मुद्दा बोकेको दल ओझेलमा परेको उनको तर्क छ । उनले भने,‘गठबन्धनको संस्कृतिले पनि साना दल जसले पहिचानको मुद्दा बोकेको छ, त्यस्ता दल ओझेलमा परेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्