विराटनगर । झापाको दमक नगरपालिका-१ र ९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फाकफोकथुम गाँउपालिका- ४ ईलाम घर भई हाल दमक -१ कुमाल चोक बस्ने ३९ बर्षीय धनराज आले र दमक – ९ की २३ बर्षीया अनिशा कार्की रहेका छन् ।
बुधबार साँझ साढे ६ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ५१०७ नम्बरको मोटरसाईकल चालक आलेलाई चेकजाँच गर्दा निजको साथबाट ८ सय मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने सोही दिन दमक- ९ स्थित रहेको चिया दोकानमा बसिहेको अवस्थामा २६ बर्षीय कार्कीलाई चेकजाँच गर्दा कार्कीको साथबाट २ ग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो ।
पक्राउ गरेका दुबै जनाको ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।