विराटनगर । नेकपा एमालेले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन भएका छन् ।
नेकपा एमालेको बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई सर्वसम्मत प्रमुख सचेतकमा चयन गरेको हो ।
भण्डारी सुनसरी २(१) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी एमालेका ४० संसद छन् ।