विराटनगर । प्रदेश १ मा मुख्यमन्त्रीका लागि एमालेका संसदिय दलका नेता हिक्मतकुमार कार्कीले दावी पेस गर्ने भएका छन् ।
कार्कीले आज (आइतबार) ४ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष मुख्यमन्त्रीका लागि दावी पेश गर्ने भएका हुन् ।
प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई पौष २४ गते आइतबार बेलुकी ५ बजेसम्मका लागि समय तोकिदिएका थिए ।
सत्ता साझेदार दल नेकपा(एमाले) संसदिय दलका नेता कार्की र नेकपा(माओवादी केन्द्र) का संसदिय दलका नेता ईन्द्रबहादुर आङ्बो विच भेटावार्ता भई आज आज ४ बजे प्रदेश प्रमुख समक्ष दावी पेश गर्ने तयारी रहेको एमाले संसदीय दलका नेता कार्कीका संचिवालयले जनाएको छ ।