मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्रको निर्णय

मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्रको निर्णय

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई समर्थन गर्ने माओवादी केन्द्र संसदीय दलले निर्णय गएको छ ।

आज (आइतबार) बसेको दलको बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्र प्रदेश कमिटीका सचीव एवम् प्रदेशसभा सदस्य गणेश उप्रेतीले जानकारी दिए ।
"मुख्यमन्त्रीमा हिक्मत कार्कीलाई समर्थन निर्णय गरेका छौ । " उनले भने" साझेदारीबारे छलफल र निर्णयको जिम्मा दलको नेतालाई दिने निर्णय भएको छ। "

प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरुलाई पौष २४ गते आइतबार बेलुकी ५ बजेसम्मका लागि समय तोकिदिएका थिए ।

गठबन्धन दुई तिहाई बहुमतको नजिक

प्रदेश १ मा सरकार गठनका लागि एमाले, माओवादी केन्द्र, राप्रपा र जसपासहितको गठबन्धन दुई तिहाई बहुमत नजिक छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । एमालेको ४०, माओवादी केन्द्रले १३, राप्रपाको ६ र जसपाको एक गरी सत्ता गठबन्धनसँग ६० मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्