विराटनगर । प्रदेश १ को सभामुख पुस २८ गते चयन हुने गर्ने सर्वदलिय सहमति भएको छ । उपसभामुखको भने २९ गते गर्ने नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । आइतबार संसद सचिवालयमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
सभामुखको निर्वाचन कार्यतालिका २६ गते सार्वजनिक हुनेछ । सभामुख माओवादी केन्द्रले पाउने सत्तारूढ दलले सहमति गरेका छन् । माओवादी केन्द्रबाट सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र संखुवासभाका राजेन्द्र कार्कीले दाबी रहेको छ ।