विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्रीमा दावी पेस गरेका छन् । समर्थन गर्ने दलहरुसहित उनले प्रदेश प्रमुखको कार्यालय पुगेर आइतबार दावी पेस गरेका हुन् । प्रदेश प्रमुख पर्शुराम खापुङको कार्यालय पुगेर ६० जनाको समर्थनसहित आफ्नो दावी पेस गरिएको हो ।
कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने प्रस्ताव सहित प्रदेशसभाका बहुमत सदस्यहरुले दावी पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिएको छ । प्रदेशसभाका ९३ संसदमध्ये कार्कीलाई ६० जनाको समर्थन छ ।
एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले कार्कीलाई समर्थन गरेका छन् । मुख्यमन्त्रीको नियुक्तिपछि शपथ ग्रहण तय हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।