विराटनगर । मोरङको जहदा गाउँपालिकाले सोमबार (आज) सार्वजानिक विदा दिइएको छ । सन्थाल समुदायको सोहराय पर्वको अवसरमा गाउँपालिकाले सार्वजानिक विदा दिने निर्णय गरेको हो ।
जहदा गाउँपालिकामा सन्थाल समुदायको संख्या धेरै रहेकोले पर्व भव्य रुपमा मनाउन सार्वजानिक विदा दिने निर्णय गरिएको अध्यक्ष जितेन्द्र प्रसाद साहद्वारा जारी सुचनामा उल्लेख छ ।
सार्वजानिक विदाको अवसरमा गाउँपालिका प्रशासनका कार्यलयहरु, आकस्मिक बाहेक स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरु बन्द रहेका छन् ।