विराटनगर । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको शपथ लिनु भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो ।
कार्की एमालेका स्थायी समिति सदस्य तथा प्रदेश संसदीय दलका नेता हुनुहुन्छ । कार्कीलाई माओवादी केन्द्र, जसपा र राप्रपाले मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।