प्रदेश १ मा सभामुखको मनोनयन आज, सत्ता गठबन्धनबाट बाबुराम गौतम

<span class='c1'>प्रदेश १ मा सभामुखको मनोनयन</span> <span class='c2'>आज, सत्ता गठबन्धनबाट बाबुराम गौतम</span>

विराटनगर । प्रदेश एकको सभामुखका उम्मेद्वारको आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन कार्यतालिका सार्वजनिक हुने र मनोनयन आजै हुने प्रदेश १ प्रदेशसभा सचिवालयले जनाएको छ । सभामुखको निर्वाचन भने आगामी २८ गतेका लागि तोकिएको छ ।

ओखलढुंगा प्रदेश निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद बाबुराम गौतमलाई माओवादी केन्द्रले सभामुखको उम्मेद्वार बनाउने तयारी गरेको छ । सभामुखमा माओवादी केन्द्रले दिएको उम्मेद्वारीलाई एमालेले समर्थन गर्नेछ ।

सत्ता गठबन्धन सभामुखको उम्मेद्वार बनेको खण्डमा उनलाई एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ५ र जसपाका १ गरी ६० सांसदको समर्थन प्राप्त हुनेछ । ९३ जना सांसद रहेको प्रदेश १ मा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । ६० सांसदको समर्थन प्राप्त भए गौतम प्रदेश १ को दोस्रो सभामुख बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्