प्रदेशको नाम राख्न नसक्दा विकासको काम ओझेलमा पर्‍यो

<span class='c1'>प्रदेशको नाम राख्न नसक्दा</span> <span class='c2'>विकासको काम ओझेलमा पर्‍यो</span>

विराटनगर । माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले प्रदेशको नामकरण गर्न नसक्दा विकासका काम ओझेल परेको बताएका छन् । मंगलबार प्रदेश सभाको दोश्रो बैठकमा शुभकामना मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।

अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा आफूहरु चौतर्फी आलोचनाको सिकार बनेको समेत बताए । उनले अबको सरकारले समयमै प्रदेशको नाम राखेर प्रदेशको औचित्य पुष्टि गर्नुपर्नेमा जोड दिए । उनले अघिल्लो कार्यकालमा विकास समृद्धिका धेरै काम भए पनि नामकरण नहुँदा सबै कामहरु आझेलमा परेको उनको भनाई थियो ।

आङबोले संघीयता मुलुकको आवश्यकता भएको बताउदै मंगलबार प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै आङ्बोले संघीयता कसैको असन्तुष्टि साम्य गर्नका निम्ति र द्धन्द व्यवस्थापनका लागि नआएको बताए ।

संघीयता देशको भौगोलिक, जातीय र सांस्कृतिक बनोटका आधारमा राज्यको पुर्नसंरचना र शक्तिको बाँडफाँडका लागि ल्याइएको उनले बताए । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले साझा समझदारीका साथ प्रदेशको नामकरण गर्ने प्रतिबद्धता जनाएका छन । उनले बैठकलाई सम्बोधन गर्दै नाम राख्न नसक्दा चौतर्फी आलोचना बेहोरेको बताउदै अघिल्लो कार्यकालमा थाती रहेको नामको विषय टुंगो लगाउने दायित्व रहेको बताए । उनले प्रदेशको भौतिक संरचमा निर्माण उच्छ प्राथमिकतामा रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्