प्रादेशिक संरचना स्थापित गर्न सबै सांसदको दायित्व : मुख्यमन्त्री कार्की

<span class='c1'>प्रादेशिक संरचना स्थापित गर्न सबै</span> <span class='c2'>सांसदको दायित्व : मुख्यमन्त्री कार्की</span>

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक संरचना स्थापित गर्ने कार्यभार सबै संसदहरुको दायित्व भएको बताएका छन् । प्रदेशको औचित्य पुष्टि गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने मुख्यमन्त्री कार्कीको भनाई छ ।

प्रदेशसभाको दोस्रो बैठकमा मंगलबार बोल्दै उनले प्रादेशिक संरचना सेवा प्रवाह र देश विकासका लागि महत्वपूर्ण भएको बताए । फजुल खर्च र बेरुजुका आधारमा संघ र स्थानीय सरकारभन्दा प्रदेश सरकार सहि देखिएको मुख्यमन्त्री कार्कीले बताएका छन् ।

प्रदेशको अधिकार प्राप्तिका लागि प्रदेशसभाका सबै दल एकमतका साथ उभिनुपर्ने मुख्यमन्त्री कार्कीले आग्रह गरे । प्रदेश संरचनालाई स्थापित गरी मजबुत र स्थायी बनाउनका लागि सबै राजनीतिक दलहरु एक ठाँउ उभिनुपर्नेमा उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्